पाथीभरामा महिनामा १० हजार बढी दर्शनार्थी

हिमाल प्रेस १ फागुन २०८२ ६:०२ | Friday, February 13, 2026
8
SHARES
पाथीभरामा महिनामा १० हजार बढी दर्शनार्थी पाथीभरा । फाइल तस्बिर

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन्।

पाथीभरा क्षेत्र विकास समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन्।

माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए।

चिसो घट्दै गएकाले भक्तजनको संख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ। समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ। पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन्।

प्रकाशित: १ फागुन २०८२ ६:०२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast