काठमाडौँ- विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८२ बमोजिम दोस्रो चरणका लागि प्रस्तावहरू छनोट गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मन्त्रालयबाट स्वीकृत ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ अनुसार प्राप्त प्रस्तावहरूको अनुसूची-३ बमोजिम मूल्यांकन गरिएको थियो। सो मूल्यांकनका आधारमा देहाय बमोजिमका प्रस्तावहरू दोस्रो चरणमा प्रवेशका लागि छनोट गरिएको जानकारी मन्त्रालयले दिएको छ।
मन्त्रालयद्वारा प्रकाशित सूचनामा दोस्रो चरणमा छनोट भएका प्रस्तावहरूलाई आगामी चरणमा विस्तृत प्रस्तुतीकरण, प्राविधिक मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रममार्फत विश्वविद्यालयस्तरमा अध्ययन अनुसन्धान, नवप्रवर्तन र बहुविषयगत शिक्षालाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।



