मौसम विभाग भन्छ : देशको अधिकांश स्थानमा वर्षा हुन्छ

हिमाल प्रेस १३ फागुन २०८२ ६:३५ | Wednesday, February 25, 2026
14
SHARES
मौसम विभाग भन्छ : देशको अधिकांश स्थानमा वर्षा हुन्छ

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १३ फागुन २०८२ ६:३५ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast