काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का वर्षा,हिमपात भइरहेको छ।
सोमबार तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रकाशित: ४ फागुन २०८२ ६:३२ | Monday, February 16, 2026
प्रतिक्रिया




