रूपन्देहीमा रवि लामिछानेको भेटघाट

हिमाल प्रेस २६ माघ २०८२ १८:५५ | Monday, February 9, 2026
20
SHARES
रूपन्देहीमा रवि लामिछानेको भेटघाट

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुगेका लामािछानेलाई समर्थकहरूले घेरेका थिए। रास्वपाले रुपन्देहीका निर्वाचन क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, क्षेत्र नं. २ मा सुलभ खरेल, क्षेत्र नं. ३ मा डा. लेखजंग थापा, क्षेत्र नं. ४ मा कन्हैया बनिया र क्षेत्र नं. ५ मा तौफिफ अहमद खानलाई उम्मेदवार बनाएको छ।

आइतबार साँझ रुपन्देही आएका लामिछाने अब कपिलवस्तुमा जाने कार्यक्रम तय भएको जनाइएको छ। लामिछानेले आफ्नो उम्मेदवारी चितवन २ बाट दिएका छन्।

प्रकाशित: २६ माघ २०८२ १८:५५ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast