तत्कालीन लोसपाका महासचिव मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

हिमाल प्रेस २९ माघ २०८२ १२:३८ | Thursday, February 12, 2026
32
SHARES
तत्कालीन लोसपाका महासचिव मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

काठमाडौँ- तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव मनिष मिश्र नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। लामो समय मधेश केन्द्रित राजनीति गरेका मिश्र अब भने कांग्रेस प्रवेश गर्ने उनी निकट एक नेताले बताए।

उनी यसअघि सर्लाही ४ बाट चुनाव लड्न चाहेका थिए। केही वर्षदेखि उनी सोही क्षेत्र केन्द्रित राजनीति समेत गर्दै आएका थिए। तर एकाएक लोसपाले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गर्‍यो। सोही कारण मिश्र टिकटबाट बन्चित भए।

यता लोसपा अध्यक्ष ठाकुर पनि नयाँ जसपा नेपालमा संरक्षकको भूमिकामा मात्र रहे। यही कारण पनि मिश्रले असन्तुष्टि जनाएको निकट नेताहरू बताउँछन्। मिश्रले भने आफू नयाँ अध्यायको राजनीति गर्न लागेको बताएका छन्।

‘हेरौँ अब के हुन्छ। तर नयाँ अध्याय गर्न लागेको हुँ।’ मनिषले हिमाल प्रेससँग भने,‘केही दिनमा नयाँ हुन्छ।

प्रकाशित: २९ माघ २०८२ १२:३८ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast