महेश बस्नेतको दाबी : उपत्यकाका १५ मध्ये कम्तीमा १० सिट एमालेले जित्छ

हिमाल प्रेस २१ माघ २०८२ १३:४७ | Wednesday, February 4, 2026
12
SHARES
महेश बस्नेतको दाबी : उपत्यकाका १५ मध्ये कम्तीमा १० सिट एमालेले जित्छ

काठमाडौँ। नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा एमालेको सानदार मत आउने बताएका छन्। उनले उपत्यकाका १५ सिटमध्ये कम्तिमा १० सिट एमालेले जित्ने दाबी गरे। यसअघि एमालेले उपत्यकामा २ ठाउँ जितेको थियो। एमालेले काठमाडौँ ९ र ललितपुर २ मा जितेको थियो।

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘उम्मेदवारहरूसँग पत्रकार सम्मेलन’मा बोल्दै उनले काठमाडौँ उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दैभदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको दाबी गरे। वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको बताए।

प्रकाशित: २१ माघ २०८२ १३:४७ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast