अहिलेसम्म नेताले कर्णालीको गहिराइ बुझ्न सकेनन् : बालेन

हिमाल प्रेस ७ फागुन २०८२ १६:५८ | Thursday, February 19, 2026
8
SHARES
अहिलेसम्म नेताले कर्णालीको गहिराइ बुझ्न सकेनन् : बालेन

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अहिलेसम्म नेताले कर्णालीको गहिराइ बुझ्न नसकेको बताएका छन्।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहले भने, ‘देशको सबैभन्दा ठूलो मुगुको रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेको छैन। त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।’

उनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु बिडम्बना भएको टिप्पणी गरे। कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने नीति लिइने उनले दाबी गरे।

सिँजा सभ्यताको संरक्षणमा जोड दिँदै उनले भने, ‘सिँजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा त्यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गरेर सभ्यता जोगाउनु भनेको इतिहास र पहिचान जोगाउनु हो।’

प्रकाशित: ७ फागुन २०८२ १६:५८ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast