स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध सिर्जना हुँदैन : अर्थमन्त्री खनाल

हिमाल प्रेस २१ माघ २०८२ २१:१२ | Wednesday, February 4, 2026
12
SHARES
स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध सिर्जना हुँदैन : अर्थमन्त्री खनाल

काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन उनले निर्देशन दिए।

बुधबार बेनीमा खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिए।

‘नयाँ पुराना सबै राजनीतिक दलहरूले सौहार्द र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने वातावरण बनाएर सफल बनाउने सरकारको अहिलेको प्रमुख दायित्व हो,’ अर्थमन्त्री खनालले भने, ‘स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैन भन्ने विश्वास दिलाउँछु।’

उनले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशील बन्न आग्रह गरे। भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावका लागि चुनौतीका रूपमा लिएर त्यसको सामना गर्ने रणनीति बनाएको बताए।

मौसमका कारणले फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने बताउँदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पारे।

प्रकाशित: २१ माघ २०८२ २१:१२ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast