खुम्बू ल्होसार कप महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई

हिमाल प्रेस ३ फागुन २०८२ २०:१३ | Sunday, February 15, 2026
8
SHARES
खुम्बू ल्होसार कप महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई

काठमाडौँ- शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो।

नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान सुरक्षित गर्‍यो। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो। समापन समारोहमा सोनाम ग्याल्जेन शेर्पाले विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद एक लाख ५० हजार प्रदान गरे।

उपविजेता नाम्चे युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ८० हजार प्राप्त गर्‍यो भने तेस्रो स्थान हासिल गरेको खुम्जुङ युथ क्लबलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ४० हजार प्रदान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मान स्वरूप प्रमाणपत्र र नगद ५० हजार प्रदान गरियो।

माघ २४ गते प्रतियोगिता सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो भने १६ खेल भएका थिए। प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फराक; नाम्चे युथ क्लब; खुम्जुङ युथ क्लब; खुण्डे कम्युनिटी क्लब; ठमिछोवा फुटबल क्लब, ठामे; अमा डब्लम युथ ग्रुप, पाङ्बोचे; खुम्बू याम्बु शेर्पा समाज र खुम्बु युनाइटेड सहभागी भएका थिए।

विगत १८ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगितामा सोलुखुम्बूको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जन्मिएर हाल काठमाडौँमा बसोबास गरिरहेका युवाहरूले सहभागिता जनाउँदै आएका छन्।

प्रकाशित: ३ फागुन २०८२ २०:१३ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast