इम्पेरियलमा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’

हिमाल प्रेस २२ माघ २०८२ २१:१५ | Thursday, February 5, 2026
10
SHARES
इम्पेरियलमा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’

काठमाडौँ- काठमाडौँको हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा बिहीबारदेखि ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ को तेस्रो संस्करण सुरु भएको छ। विद्यालय तहमा कला र साहित्यको संस्कार बसाल्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ।

यो दुईदिने महोत्सवको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले गरिन्।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवसले दिवसले कला र साहित्यले मानव जीवनलाई संवेदनशील र संस्कारित बनाउने बताए। यस अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

उपप्रमुख लामाले विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा स्कुलले गरेको लगानीको प्रशंसा गरिन्।

विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले विगत तीन वर्षदेखि विद्यार्थीहरूमा सिर्जनशील सोच र अभिव्यक्तिको अवसर प्रदान गर्न यो महोत्सव आयोजना गर्दै आएको जानकारी दिइन्।

महोत्सवमा इम्पेरियलका विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृतिहरू- नेपाली कविता सङ्ग्रह ‘शब्द बगैँचा’, नेपाली कथा सङ्ग्रह ‘उडान कथा’ र अंग्रेजी कथा सङ्ग्रह ‘माई पेन माई वर्ल्ड’ को औपचारिक विमोचन गरिएको थियो।

महोत्सवको पहिलो दिन सात वटा फरक सत्र र एउटा बृहत् प्यानल छलफल सम्पन्न भयो। महोत्सव शुक्रबार १२ वटा अन्तरक्रियात्मक सत्रहरूसहित समापन हुने विद्यालयले जनाएको छ।

प्रकाशित: २२ माघ २०८२ २१:१५ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast