काठमाडौँ- टायल क्षेत्रमा परिचित ब्रान्ड कजारियाले लमजुङको बेसीसहरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
न्यु आलम मार्बल एन्ड टाइल्सद्वारा सञ्चालित यो शोरुमले लमजुङ तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य लिएको छ।
उद्घाटन समारोहमा उद्योगी, व्यवसायिक साझेदार तथा स्थानीय ग्राहकको उल्लेख्य उपस्थित रहेको कम्पनीले जनाएको छ। शोरुमको उद्घाटन कजािरयाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै तिवारीले कजारिया सधैँ उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र भरपर्दो समाधान प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले बेसीसहरमा नयाँ शोरुम सञ्चालनले लमजुङ तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई कजारियाको विश्वस्तरीय टायल संग्रह सहज रुपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
नयाँ शोरुममा कजारियाका प्रिमियम टायल संग्रहहरूको विस्तृत र सावधानीपूर्वक चयन गरिएको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ।



