मस्तिष्कघातका कारण पत्रकार दिनेश सिटौलाको निधन

हिमाल प्रेस १८ माघ २०८२ १४:११
26
SHARES
मस्तिष्कघातका कारण पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ- चलचित्र पत्रकार दिनेश सिटौलाको मस्तिष्कघातका असामयिक निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२: ४५ मा निधन भएको अस्पतालले जनाएको छ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

पत्रकार सिटौला शुक्रबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारको क्रममा साथीहरूसँगै अछाम पुगेका थिए।

यात्राकै क्रममा शुक्रबार बिहान एक्कासी ढलेर बेहोस भएका थिए। उनको तत्काल अछाम जिल्ला अस्पतालमा आकस्मिक उपचार गरिएको थियो।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल पुग्दा उनको श्वासप्रश्वास थिएन। कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) तुरुन्तै सुरु गरिएको थियो र लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो। उनलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो। यस अवधिमा उनलाई ‍‍‍‍seizure देखिएको थियो, जुन उचित रूपमा व्यवस्थापन गरियो।’

त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा थप उपचार गराइरहेका थिए।

‘उनलाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रूपमा इन्टेन्सिभ केयर युनिट (ICU) मा भर्ना गरियो। प्रारम्भिक परीक्षणमा म्याग रिफ्लेक्सको उपस्थिति देखियो र थप ४८ घण्टा अनुगमन गर्ने निर्णय लिइयो।’ विज्ञप्तिमा अस्पतालले थप स्पष्टीकरण दिँदै भनेकाे छ।

साइसियूमा  उनलाई राखेपनि कुनै सुधारकाे संकेत नदेखिएपछि अस्पतालले मृत घाेषणा गरेकाे हाे।

पत्रकार सिटौलाले करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा निरन्तर सक्रिय थिए। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्। २०७० सालमा संघको सचिव बनेका सिटौला २०७६ सालमा संघको अध्यक्ष बनेका थिए। द सिनेमा टाइम्सका सञ्चालकसमेत रहेका सिटौला हाल संघका सल्लाहकारको रुपमा कार्यरत थिए।

प्रकाशित: १८ माघ २०८२ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast