काठमाडौँ- प्रेमकथामा आधारित नेपाली फिल्म ‘प्रेम गीता’ को एक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको कथावस्तु झल्किने पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत र साजिद खान छन्। हरियाली परिवेशमा उनीहरू रोमान्टिक मुद्रामा देखाएको छ।
साजिद खानको यो डेब्यु फिल्म हो। फिल्ममा अन्य कलाकार सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बू, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारको अभिनय छ।
अर्नव बस्नेतको प्रस्तुती रहेको फिल्मको कथा सिताराम ढुङ्गेलले लेखेका हुन्। पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका छन्। निर्देशक बस्नेतका अनुसार फिल्मले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएकाे छैन्।





