राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

हिमाल प्रेस २३ माघ २०८२ २०:१८ | Friday, February 6, 2026
6
SHARES
राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। सभाको आज (शुक्रबार)को बैठकमा उनले उक्त अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका हुन्।

बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल भएको थियो।

उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताएका थिए।

प्रकाशित: २३ माघ २०८२ २०:१८ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast