निर्वाचनको नाममा विद्यालय कर्मचारीलाई अन्याय!

हिमाल प्रेस १४ फागुन २०८२ १०:५७ | Thursday, February 26, 2026
110
SHARES
निर्वाचनको नाममा विद्यालय कर्मचारीलाई अन्याय! विद्यालय कर्मचारी, फाइल तस्बिर ।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा सामुदायिक विद्यालयमा मतदान केन्द्र तोकिएको विषयप्रति गम्भीर आपत्ति जनाएको छ।

परिषद्ले यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले सामुदायिक विद्यालयमा मतदान केन्द्र तोकिँदा विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना हुने बताएका छन्।

उनले निर्वाचन जस्तो संवेदनशील कार्यमा विद्यालयका कर्मचारीलाई मतदानस्थलमा नखटाई विद्यालयको तालाचाबी अपरिचित व्यक्तिको जिम्मा लगाउनु उपयुक्त नहुने उल्लेख गरे।

तिवारीले एक दिने ड्युटीमा न्यून पारिश्रमिकमा कुनै पनि विद्यालय कर्मचारी नखटिने स्पष्ट पारे।

‘कर्मचारीलाई भुलाउने र छलछाम गर्ने प्रयास आयोगले पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘जनशक्ति अभाव नभएको अवस्थामा विद्यालय कर्मचारीप्रति गरिएको यस्तो व्यवहार निन्दनीय छ।’

परिषद्ले आगामी दिनमा सामुदायिक विद्यालयलाई मतदान स्थल बनाउने कार्यप्रति सचेत रहन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित: १४ फागुन २०८२ १०:५७ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast