नयाँ दिल्लीमा इन्डो-नेपाल ट्रेड फेस्टिभल हुँदै

हिमाल प्रेस ५ फागुन २०८२ १८:३९ | Tuesday, February 17, 2026
2
SHARE
नयाँ दिल्लीमा इन्डो-नेपाल ट्रेड फेस्टिभल हुँदै

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा आगामी फेब्रुअरी २० देखि २२ सम्म दोस्रो संस्करणको ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ आयोजना हुने भएको छ।

एभरेस्ट चेम्बर अफ कमर्श ९ईसीसीआई० को मुख्य आयोजनामा हुन लागेको यस महोत्सवको नारा ‘कनेक्टिङ पिपल, इन्हान्सिङ बाइल्याट्रल ट्रेड’ तय गरिएको छ।

महोत्सवको उद्घाटन सत्रमा नेपालका लागि भारतका राजदूत डा। शंकर प्रसाद शर्मा, भारत सरकारका पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत, केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिंधिया र नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहनेछ।

पहिलो संस्करणको सफलतापछि यस पटकको फेस्टिभललाई भारत र नेपालबीचको आर्थिक सहकार्य, पर्यटन एकीकरण र सांस्कृतिक आदान–प्रदान गर्ने प्रमुख मञ्चका रूपमा हेरिएको छ। यस पटकको महोत्सवमा जलविद्युत तथा ऊर्जा साझेदारी,सीमापार व्यापार तथा कनेक्टिभिटी,रामायण र बौद्ध सर्किटसहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य,मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम तथा इन्डो–नेपाल सहकार्यको ‘भिजन’ २०३० लगायतका विषयमा विभिन्न १० भन्दा बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवादमा ६० भन्दा बढी विज्ञहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यसै गरी व्यावसायिक नेटवर्किङ कार्यक्रम तथा नीति–निर्माता, मन्त्री, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी, लगानीकर्ता र उद्यमीहरूबीच बीटुबी तथा बीटुजी बैठकहरू आयोजना गरिनेछ। यी सत्रहरूले दुवै देशका विज्ञ, नीति–निर्माता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूलाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसरहरू खोज्न एकै मञ्चमा ल्याउने आयोजकले जनाएको छ।

नयाँ दिल्लीस्थित पीएडी चेम्बरको भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई सांगीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिनेछ। आयोजकका अनुसार महोत्सवमा भारत र नेपालका विभिन्न ६० बढी स्टलहरू सहभागी हुँदैछन्। महोत्सवलाई २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ।

मंगलबार नयाँ दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा इसीसीआईका अध्यक्ष युवराज बरालले फेस्टिभलबारे जानकारी गराउँदै इन्डो–नेपाल ट्रेड फेस्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रूपमा परिकल्पना गरिएको बताए। उनले भने, ‘नेपाल र भारतबीच विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारी निर्माण गर्न लगानी अवसर विस्तार गर्न तथा भारत–नेपालबीचको ऐतिहासिक मित्रतालाई अझ गहिरो बनाउन महोत्सवले थप मद्दत गर्नेछ। यो ऐतिहासिक द्विपक्षीय कार्यक्रमले भारत–नेपाल आर्थिक कूटनीतिलाई थप सुदृढ गर्दै दीर्घकालीन क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्नेछ।’

भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श (इसीसीआई) को मुख्य आयोजना, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा प्रबर्द्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो।

सन् २००८ मा स्थापना भएको इसीआईमा भारतका विभिन्न क्षेत्रका आठ सय भन्दा बढी उद्योगी व्यवासायीहरू सदस्य रहेका छन्।

प्रकाशित: ५ फागुन २०८२ १८:३९ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast