मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस २० माघ २०८२ १६:२८ | Tuesday, February 3, 2026
12
SHARES
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

नवलपरासी- प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन्।

नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधनपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हिमाली जिल्लामा मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुने बताएकी हुन्।

उनले भनिन्,‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं।’

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने बताउँदै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन्।

अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नै नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरिन्।

समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन्।

‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’, उनले भनिन्।

प्रकाशित: २० माघ २०८२ १६:२८ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast