रवीन्द्र मिश्र। फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले राप्रपाले चाहेको एजेन्डामा देशलाई लैजान नसके देशको हित नहुने बताएका छन्। उनले पहिले नवीन सहमति, अनि मात्र चुनाव हुनुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले चुनाव केही दिन सरोस् भन्ने व्यक्तिगत चाहना रहेको बताएका हुन्।
पत्रकारले उनलाई ‘फागुन २१ गते चुनाव हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ’ भन्ने प्रश्न गरेका थिए। उक्त प्रश्नमा जबाफ दिँदै मिश्रले भने, ‘यो पटक काठमाडौं १ बाट विजय हुन्छु भन्नेमा विश्वस्त छु। काठमाडौं १ मा विभिन्न पार्टीमा भोट हालेका मतदाताले व्यापक रूपमा कार्यक्रम गरिदिनुभएको छ। २ पटक झिनो मतले हारेको र अब जित्छु भन्ने मलाई आत्मविश्वास छ, म खुसी छु।’



