काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ । विश्वकपका खेलहरू भारत र श्रीलंकामा हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेदरल्याण्ड्स मैदानमा उत्रिएका छन्।
श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले सुरुमा ब्याटिङ गरेको छ ।
आज सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ।
प्रतियोगितामा २० वटा टोली सहभागी हुँदैछन्। टोलीलाई चार समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा रहेका छन् ।



