बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दिइदै

हिमाल प्रेस २० माघ २०८२ ८:१९ | Tuesday, February 3, 2026
2
SHARE
बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दिइदै

बाजुरा- बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका एक हजार ८०६ जना किशोरीलाई यो खोप लगाउने तयारी पूरा भएको छ। यही माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेटिने छ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाका कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ।

विद्यालय बाहिर रहेका किशोरीहरुमध्ये बुढीगंगामा १६, बडीमालिकामा ६ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन्। गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई यो खोप लगाइएको थियो। यस वर्षदेखि भने यसलाई सरकारले नियमित खोप तालिकामा समावेश गरेको छ।

खोप केन्द्र र समयतालिका

जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ । विद्यालय जान नपाएका किशोरीका लागि नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

-माघ २७ गते : गौमुल गाउँपालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका ।

-माघ २८ गतेदेखि : स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिका ।

-माघ २९ गतेदेखि : हिमाली गाउँपालिका ।
किशोरी अवस्थामा दिइने यो खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अत्यन्तै प्रभावकारी मानिन्छ। गत वर्ष बाजुरामा ९८ प्रतिशत किशोरीले यो खोप लगाएका थिए ।

प्रकाशित: २० माघ २०८२ ८:१९ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast