काठमाडौँ- बलिउड फिल्म ‘बोर्डर २’ माघ ९ देखि नेपालमा प्रदर्शनरत छ। फिल्म नेपाली दर्शकले पनि मन पराएका छन्।
माघ १७ गते शनिबारसम्म फिल्मले दुई करोड २१ लाख ९३ हजार ९ सय १० रुपैयाँ कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनअनुसार फिल्मले प्रदर्शनको ९ दिनमा करिब तीन करोड कमाउन सफल भएको छ।
फिल्मको ६९ हजार ६६ ओटा टिकट बिक्री भएको छ।
‘बोर्डर २’ सन् १९७१ को पृष्ठभूमिमा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ। फिल्ममा सेनाको साहस, बलिदान र देशप्रेम देखाइएको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्।
फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टी, मोना सिंह, सोनम बाजवालगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: १८ माघ २०८२ ११:४३
प्रतिक्रिया



