‘बोर्डर २’ ले नेपालमा कति कमायो?

हिमाल प्रेस १८ माघ २०८२ ११:४३
10
SHARES
‘बोर्डर २’ ले नेपालमा कति कमायो?

काठमाडौँ- बलिउड फिल्म ‘बोर्डर २’ माघ ९ देखि नेपालमा प्रदर्शनरत छ। फिल्म नेपाली दर्शकले पनि मन पराएका छन्।

माघ १७ गते शनिबारसम्म फिल्मले दुई करोड २१ लाख ९३ हजार ९ सय १० रुपैयाँ कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनअनुसार फिल्मले प्रदर्शनको ९ दिनमा करिब तीन करोड कमाउन सफल भएको छ।

फिल्मको ६९ हजार ६६ ओटा टिकट बिक्री भएको छ।

‘बोर्डर २’ सन् १९७१ को पृष्ठभूमिमा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ। फिल्ममा सेनाको साहस, बलिदान र देशप्रेम देखाइएको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्।

फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टी, मोना सिंह, सोनम बाजवालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १८ माघ २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast