कस्तो रहला आजको मौसम

हिमाल प्रेस ७ फागुन २०८२ ६:२३ | Thursday, February 19, 2026
कस्तो रहला आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ।

आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ।

प्रकाशित: ७ फागुन २०८२ ६:२३ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast