काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदै छ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी चयन भइसकेको छ भने प्रचारप्रसारका लागि फागुन ४ गतेदेखि समय निर्धारण गरिएको छ।
निर्वाचनमा उम्मेदवारी दिएका दलहरू घोषणापत्र निर्माणमा जुटेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ सिटमा प्रत्यक्ष र ११० सिटमा समानुपातिकबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
प्रत्यक्षतर्फको १६५ सिटमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुन्छन्। मानुपातिकतर्फ भने दलहरूले प्राप्त गरेको कुल मतका आधारमा सिट बाँडफाँट हुन्छ।
प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र भएका ३५ जिल्ला, दुई निर्वाचन क्षेत्र भएका २१ जिल्ला, तीन निर्वाचन क्षेत्र भएका सात जिल्ला र चार निर्वाचन क्षेत्र भएका नौवटा जिल्ला छन्। यसैगरी पाँच निर्वाचन भएका तीन, ६ निर्वाचन क्षेत्र भएका एक र १० निर्वाचन क्षेत्र भएको एक जिल्ला छ।
कुन प्रदेशमा कति सिट?
कोशी प्रदेश : कोशी प्रदेशमा १४ वटा जिल्ला छन्। प्रदेशबाट २८ जना प्रत्यक्षतर्फ निर्वाचित हुनेछन्। नौ वटा जिल्लामा एकएकवटा निर्वाचन क्षेत्र रहेका छन्। दुई जिल्लामा दुई निर्वाचन क्षेत्र, एक जिल्लामा चार, एक जिल्लामा पाँच र एक जिल्लामा ६ निर्वाचन क्षेत्र छन्।
मोरङ-६
झापा-५
सुनसरी-४
इलाम-२
उदयपुर-२
ताप्लेजुङ- १
पाँचथर- १
धनकुटा- १
तेह्रथुम-१
संखुवासभा-१
भोजपुर-१
सोलुखुम्बु-१
ओखलढुंगा-१
खोटाङ-१
मधेश प्रदेश : मधेश प्रदेशमा आठवटा जिल्ला छन्। ती सबै जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ४/४ जना निर्वाचित हुनेछन्। मधेशमा प्रत्यक्षतर्फ ३२ सिटका लागि निर्वाचन हुँदै छ।
सप्तरी- ४
सिरहा-४
धनुषा- ४
महोत्तरी-४
सर्लाही- ४
रौतहट-४
बारा- ४
पर्सा-४
बागमती प्रदेश : बागमती प्रदेशका १३ वटा जिल्लामा प्रत्यक्षतर्फ ३३ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशमा सबैभन्दा बढी काठमाडौँमा १० निर्वाचन क्षेत्र र तीन जिल्ला दोलखा, रामेछाप र रसुवामा एकएक निर्वाचन क्षेत्र छन्। दुई जिल्लामा तीनतीन निर्वाचन क्षेत्र छन् भने बाँकी जिल्लामा दुई-दुई निर्वाचन क्षेत्र छन्।
काठमाडौँ-१०
चितवन-३
ललितपुर-३
नुवाकोट-२
धादिङ-२
काभ्रेपलाञ्चोक- २
सिन्धुपाल्चोक-२
सिन्धुली-२
मकवानपुर-२
भक्तपुर- २
दोलखा- १
रामेछाप- १
रसुवा-१
गण्डकी प्रदेश : गण्डकी प्रदेशमा ११ वटा जिल्ला छन्। ती जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १८ सिटका लागि निर्वाचन हुँदै छ। प्रदेशका पाँच जिल्लामा एकएक सदस्यका लागि चुनाव हुँदै छ। पाँच जिल्लामा दुईदुई र एक जिल्लामा तीनवटा निर्वाचन क्षेत्र रहेका छन्। कुन जिल्लामा कति सिट?
कास्की-३
गोरखा- २
तनहुँ-२
स्याङ्जा-२
बागलुङ-२
नवलपरासी पूर्व-२
मनाङ- १
मुस्ताङ- १
म्याग्दी-१
पर्वत- १
लमजुङ- १
लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेशमा १२ जिल्लामा गरी २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। सबैभन्दा बढी रूपन्देहीमा पाँच निर्वाचन क्षेत्र छन्। यसैगरी तीन जिल्लामा तीनतीन निर्वाचन क्षेत्र छन्। प्रदेशका चार जिल्लामा दुईदुई निर्वाचन क्षेत्र र चार जिल्लामा एकएक निर्वाचन क्षेत्र छन्।
रुपन्देही- ५
कपिलवस्तु- ३
दाङ- ३
बाँके- ३
बर्दिया- २
नवलपरासी पश्चिम- २
पाल्पा- २
गुल्मी- २
अर्घाखाँची- १
प्युठान- १
रोल्पा- १
पूर्वी रुकुम- १
कर्णाली प्रदेश : कर्णाली प्रदेशमा १० जिल्ला छन्। ती जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १२ सदस्य चयन हुनेछन्। प्रदेशका दैलेख र सुर्खेतमा दुईदुई निर्वाचन क्षेत्र छन् भने बाँकी जिल्लामा एकएक निर्वाचन क्षेत्र रहेका छन्।
दैलेख- २
सुर्खेत-२
डोल्पा-१
मुगु-१
हुम्ला-१
जुम्ला-१
कालिकोट-१
जाजरकोट-१
सल्यान-१
रुकुम पश्चिम-१
सुदूरपश्चिम प्रदेश : सुदूरपश्चिममा नौ जिल्ला छन्। प्रदेशमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६ सदस्य निर्वाचित हुनेछन्। सबैभन्दा धेरै सिट कैलालीको पाँच वटा छन्। यसैगरी कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एकएक निर्वाचन क्षेत्र रहेका छन्।
कैलाली-५
कञ्चनपुर-३
अछाम-२
बाजुरा-१
बझाङ-१
डोटी-१
दार्चुला-१
बैतडी-१
डडेल्धुरा-१



