सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

हिमाल प्रेस २० माघ २०८२ १९:१९ | Tuesday, February 3, 2026
14
SHARES
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ- सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‍बाट फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

त्यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताए।

यसअघि माघ ८ गते प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई संसद् भवन निर्माण सम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी थिइन्।

प्रकाशित: २० माघ २०८२ १९:१९ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast