सुनको मूल्यमा निरन्तर अदलबदल, आज घट्यो

हिमाल प्रेस २२ माघ २०८२ ११:०३ | Thursday, February 5, 2026
20
SHARES
सुनको मूल्यमा निरन्तर अदलबदल, आज घट्यो

काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा पाँच हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय २० रूपैयाँ घटेको हो।

 

प्रकाशित: २२ माघ २०८२ ११:०३ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast