काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मकवानपुर क्षेत्र नम्बर २ मा फेरि पनि नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले जित्ने दाबी गरेका छन्।
बाँस्कोटा केहीदिनदेखि मकवानपुर क्षेत्रमा छन्। उनले शनिबार समेत सोही क्षेत्रको कार्यक्रममा सहभागी भएका थिए।
बाँस्कोटाले लेखेका छन्, ‘शुभ बिहान थाहानगर जाँदा हामी । नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान–अग्लो ठाउँबाट परको हिमाल आफू भन्दा होचो र धुर्मैलो देखियो । अझ तलको थानकोट चन्द्रमाको क्रेटर । र, मानिस नि ए, ती त केवल कमिला जस्ता । राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई । तर महेश सानदार जित्छन्।’
प्रकाशित: १८ माघ २०८२ ८:४०
प्रतिक्रिया



