रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

हिमाल प्रेस २२ माघ २०८२ १७:४७ | Thursday, February 5, 2026
18
SHARES
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको गाडीले ठक्कर दिँदा रौतहटमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको हो।

प्रचार प्रसारमा हिँडेको उम्मेदवार सागिरको गाडीले ईशनाथ नगरपालिका–४ मठिया टोलका मोहम्मद सागिरकी छोरी अल्फालाई ठक्कर दिएको थियो।

रास्वपा उम्मेदवार सागिर गाउँमा घरदैलो गरिरहेको बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ‘गाडी रोकेर उहाँ घरदैलो गरिरहनुभएको थियो। गाडी लिएर आउन चालकलाई भन्नुभयो, चालकले गाडी लिएर आउनेबेला गाडीले बालिकालाई ठक्कर दिएको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी  विष्णुप्रसाद बस्यालले भने।

ठक्करपछि घाइते भएकी अल्फालाई उपचारका लागि कार चालकले स्थानीयहरूको सहयोगमा गौरस्थित सिटी अस्पताल लगेको थियो। बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बस्यालले जानकारी दिए। बालिकालाई अस्पताल पुर्‍याएर फरार भएका कार चालकलाई नियन्त्रणमा लिएको उनले बताए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०८२ १७:४७ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast