प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला बहस गर्दै गगन थापा

हिमाल प्रेस ७ फागुन २०८२ ८:३० | Thursday, February 19, 2026
प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला बहस गर्दै गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने भएको छ। हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्न लागेका हुन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रम राखिएको छ । कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रश्न लिनु अघि सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने गराउनेछन्। प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।

प्रकाशित: ७ फागुन २०८२ ८:३० | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast