काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।
यी हुन एजेन्डाहरू
१. नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका ०८२ ।
२. नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।
३. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा । जततउकस्ररलभउबलिभधक।
प्रकाशित: २४ माघ २०८२ १२:२२ | Saturday, February 7, 2026
प्रतिक्रिया



