आकर्षक तलबको प्रलोभन पारेर हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

हिमाल प्रेस २ फागुन २०८२ ११:५७ | Saturday, February 14, 2026
4
SHARES
आकर्षक तलबको प्रलोभन पारेर हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ पक्राउ छन्।

अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो। निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ।

प्रकाशित: २ फागुन २०८२ ११:५७ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast