चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’

हिमाल प्रेस १२ फागुन २०८२ १५:०२ | Tuesday, February 24, 2026
4
SHARES
चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौँ- नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेक‍ो छ। अमर प्राज्ञहरू महासमाल‍ोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ राशिसहित ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो।

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उनीहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

एकेडेमीका अनुसार नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिमा समेत उनीहरूको विशिष्ट भूमिका छ। महासमालोक प्रा.त्रिपाठीको प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन गर्ने भएको छ। यी पुरस्कार स‍ोही अवसरमा समर्पण गरिनेछन्।

प्रकाशित: १२ फागुन २०८२ १५:०२ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast