परराष्ट्रले भन्यो- इरान जाने योजना स्थगित गर्नू, त्यहाँ रहेका नेपालीहरूले देश छाड्नू

हिमाल प्रेस १८ माघ २०८२ १६:१८
26
SHARES
परराष्ट्रले भन्यो- इरान जाने योजना स्थगित गर्नू, त्यहाँ रहेका नेपालीहरूले देश छाड्नू परराष्ट्र मन्त्रालय

काठमाडौँ- इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले नेपाली नागरिकहरूलाई इरान भ्रमण गर्ने योजना हाललाई स्थगित गर्न सुझाव दिएको छ।

परराष्ट्र मन्त्रालयले आइतबार एक ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै हाल इरानमा बसोबास गरिरहेका वा कार्यरत नेपाली नागरिकहरूलाई उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी चाँडोभन्दा चाँडो इरान छोड्न निर्देशन दिएको हो।

मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई आपतकालीन अवस्थामा देश छोड्नुपर्ने हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफ्नो राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

यसका साथै त्यहाँ रहेका नेपालीहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय र इरानसमेत हेर्ने दोहास्थित नेपाली दूतावासको नियमित सम्पर्कमा रहन समेत सूचित गरिएको छ।

यसअघि जनवरी १३ मा पनि मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न, घरभित्रै रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।

प्रकाशित: १८ माघ २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast