विद्युत् सर्ट हुँदा बूढानीलकण्ठमा आगलागी

हिमाल प्रेस २१ माघ २०८२ १३:१२ | Wednesday, February 4, 2026
8
SHARES
विद्युत् सर्ट हुँदा बूढानीलकण्ठमा आगलागी

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य सुरु गरिएको छ।

गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।

उनले भने, ‘विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण संकलन कार्य सुरु भएको छ।’ आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। रासस

प्रकाशित: २१ माघ २०८२ १३:१२ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast