चुनावी कारण देखाउँदै फिल्म ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ टिमले रोके प्रदर्शन

हिमाल प्रेस ६ फागुन २०८२ १३:३७ | Wednesday, February 18, 2026
18
SHARES
चुनावी कारण देखाउँदै फिल्म ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ टिमले रोके प्रदर्शन

काठमाडौँ- फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनका कारण प्रदर्शनरत फिल्म हलबाट उतार्न थालिएको छ।

यसैबीच फागुन १ देखि प्रदर्शन भएको ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ टिमले एकसाथ फिल्म हलबाट उतारेका छन्।

तीनवटै फिल्म टिमले विज्ञप्ति जारी गर्दै मंगलबार प्रदर्शन रोक्ने निर्णय गरेका हुन्। चुनावी माहौलका कारण दर्शक राजनीतिमा केन्द्रित हुने भन्दै बुधबारदेखि प्रदर्शन रोकेका छन्।

नेसनल सिने ग्रुपले फिल्म ‘श्री बुकुरो’ आगामी नयाँ वर्ष वैशाख १८ मा पुनः प्रदर्शन गर्ने घोषणा गरेको छ। ‘बिगुल’ र ‘शिवांश’ले भने प्रदर्शन मिति तोकेका छैनन्।

यो संँगै हलमा ‘कुमारी’, रमिताको पिरती’, ‘आ बाट आमा’ हिन्दीमा ‘ओ रोमियो’, ‘तु या मे’ लगायत फिल्म प्रदर्शनरत छ।

हलमा लाग्याे ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर वान’

प्रकाशित: ६ फागुन २०८२ १३:३७ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast