फागुन २१ देश परिवर्तनको अवसर : डीपी अर्याल

हिमाल प्रेस ७ फागुन २०८२ १५:४६ | Thursday, February 19, 2026
10
SHARES
फागुन २१ देश परिवर्तनको अवसर : डीपी अर्याल

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिन आग्रह गरेका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी वाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘देश परिवर्तनको अवसर’ र ‘विशेष निर्वाचन’का रूपमा लिन आग्रह गरेका हुन्।

अर्यालले मतदाताको चाहनाअनुसार पार्टीले सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाहलाई साझा उद्देश्यमा सहकार्य गराइएको उल्लेख गरे। नागरिकको आशा र चाहनालाई सम्मान गर्दै त्यसलाई पूरा गर्ने प्रयास गरिएको उनको भनाइ थियो।

उनले २०७९ सालमा सुर्खेतमा गरेको सम्बोधनको स्मरण गर्दै त्यसयता कर्णालीले वैकल्पिक राजनीतिप्रति देखाएको आशा र भरोसाको प्रशंसा गरे। देशभित्र तथा विश्वभर रहेका नेपालीहरूको अपेक्षालाई समेट्दै रास्वपा उदाएको उनले बताए।

अर्यालले पार्टीको मुख्य उद्देश्य देशमा सुशासन स्थापना, भ्रष्टाचार अन्त्य, जनजीविकासम्बन्धी मुद्दामा काम तथा विकास र सेवा प्रवाहमा प्रभावकारी परिणाम दिनु रहेको स्पष्ट पारे। ‘हाम्रो उद्देश्य प्राप्तिका लागि जनताबाट बलियो जनादेश आवश्यक छ,’ उनले भने।

उनले आगामी निर्वाचन विगत र भविष्यका अन्य निर्वाचनभन्दा फरक र निर्णायक हुने दाबी गर्दै समानुपातिक तथा प्रत्यक्ष दुवै तर्फ ‘घण्टी’ चुनाव चिन्हमा मतदान गरी दुईतिहाइ बहुमत दिलाउन मतदातासँग अपिल गरे। ‘ जित पार्टीको मात्र होइन, देश र आम नेपालीको भविष्यसँग जोडिएको विषय हो,’ उनले भने।

प्रकाशित: ७ फागुन २०८२ १५:४६ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast