अन्तर्राष्ट्रिय मातृभाषा दशकको राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड

हिमाल प्रेस १९ माघ २०८२ २०:५९ | Monday, February 2, 2026
14
SHARES
अन्तर्राष्ट्रिय मातृभाषा दशकको राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ- भाषा आयोगले अन्तर्राष्ट्रिय मातृभाषा दशकअन्तर्गत नेपालको राष्ट्रिय कार्ययोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

सोमबार काठमाडौँमा आयोगले मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ तथा अन्तर्राष्ट्रिय मातृभाषा दशक (सन् २०२२–२०३२) अन्तर्गत आयोगले तयार पारेको राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिँदै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो।

आयोगले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्न सिफारिस गरेको छ भने विद्यालय तथा विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र विषय दुवैका रूपमा पठनपाठन गर्न मौजुदा शिक्षक तथा प्राध्यापकको सक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ।

पत्रकार सम्मेलनमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको सबलीकरणका लागि राज्यले स्पष्ट नीति र पर्याप्त लगानी गर्नुपर्ने बताए। सरकारी कामकाजको भाषा र मातृभाषाबीच सन्तुलन कायम गर्दै दुवैको समानान्तर विकास आवश्यक रहेको उनको भनाइ छ।

आयोगले स्थानीय तहमा मातृभाषा जान्ने कर्मचारी राख्ने तथा लोकसेवा आयोगद्वारा लिइने परीक्षामा मातृभाषामै परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने विषय सरकारसमक्ष सिफारिस गरेको जनाएको छ।

प्रकाशित: १९ माघ २०८२ २०:५९ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast