कोशीमा निर्वाचन सुरक्षाको तयारी पूरा

हिमाल प्रेस १५ फागुन २०८२ १३:४३ | Friday, February 27, 2026
6
SHARES
कोशीमा निर्वाचन सुरक्षाको तयारी पूरा

विराटनगर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताए।

उनले सुरक्षा रणनीतिअनुसार संवेदनशील, अतिसंवेदनशील स्थान र सुरक्षा चुनौतीको आकलन गरी विशेष निगरानी तथा प्रहरी परिचालन गरिने उनले जानकारी दिए।

कार्यालय प्रमुख घिमिरेका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा १२ हजार नेपाल प्रहरी, २३ हजार निर्वाचन प्रहरीलगायत जनशक्ति परिचालन हुनेछन्।

निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेका सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ।

प्रदेशमा २८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्। यहाँ ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार कोशीमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदानस्थल छन्।

प्रकाशित: १५ फागुन २०८२ १३:४३ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast