घरमै अचेत भेटिएका निर्वाचन प्रहरीको निधन

हिमाल प्रेस ९ फागुन २०८२ ७:०१ | Saturday, February 21, 2026
8
SHARES
घरमै अचेत भेटिएका निर्वाचन प्रहरीको निधन सांकेतिक तस्बिर।

काठमाडौँ- बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार शुक्रबार दिउँसो खाना खान घर गएको समयमा वेड घरमै अचेत अवस्थामा फेला परेका थिए। सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेर खाना खान घर गएका थिए।

अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ। शनिबार पोष्टमार्टम गरिने प्रहरीको भनाइ छ।

प्रकाशित: ९ फागुन २०८२ ७:०१ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast