बैतडी- बैतडी एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।
प्रकाशित: २१ माघ २०८२ १०:२१ | Wednesday, February 4, 2026
प्रतिक्रिया



