दल र उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

हिमाल प्रेस ३ फागुन २०८२ १७:३० | Sunday, February 15, 2026
18
SHARES
दल र उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ।

आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषयलाई समेटेर आयोगले राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिएका हुन्।

उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने आयोगले जनाएको छ। त्यस्तै आयोगले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने, टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अंकित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिताको पूर्ण परिपालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने र आचारसंहिता उल्लंघन भएको पाइएमा सचेत गराइनेदेखि दण्ड जरिवाना साथै उम्मेदवारी खारेजी सम्मको सजायको व्यवस्था रहेको बताए।

उनले निर्वाचन आचारसंहिता राजनीतिक दल एवं सरकारवाला पक्षहरूसँग विचार विमर्श गरेर तयार भएकाले दल र उम्मेदवारहरूले पालना गर्ने आयोगको विश्वास रहेको धारणा राखे।

आचारसंहिता उल्लंघन गरे ६ वर्षसम्म पुन: पछि कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था समेत रहेको उनले बताए।

त्यस्तै भण्डारीले मतदाता शिक्षाका लागि आयोगले बजेट विनियोजन गरिसकेकाले सही ठाउँमा खर्च भयो वा भएन भन्ने लगायतका विषयमा पनि आयोगले नजिकबाट अनुगमन गरिरहेको बताए।

प्रकाशित: ३ फागुन २०८२ १७:३० | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast