फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

हिमाल प्रेस २७ माघ २०८२ १६:५८ | Tuesday, February 10, 2026
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले फागुन ३ गते भित्र घोषणापत्र सार्वजनिक गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

‘२०८२ साल फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगको निर्णयमा उल्लेख छ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ। आयोगले निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको हो।

प्रकाशित: २७ माघ २०८२ १६:५८ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast