दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला, घटना शंकास्पद

हिमाल प्रेस २७ माघ २०८२ १२:२३ | Tuesday, February 10, 2026
12
SHARES
दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला, घटना शंकास्पद

दार्चुला- दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छन्। शैल्यशिखर नगरपालिका-८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन्।

घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।

मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिए।

प्रकाशित: २७ माघ २०८२ १२:२३ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast