खोटाङ- डोजरले लडाएको ढुंगाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।
सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना१क ७३४७ नम्बरको जेबिसीले लडाएको ढुंगाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबी र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।




