शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बजेट विवरण माग

हिमाल प्रेस १३ फागुन २०८२ ११:०१ | Wednesday, February 25, 2026
114
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बजेट विवरण माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तर्जुमा तयारी सुरु गरेको छ।

केन्द्रको योजना तथा अनुगमन शाखाबाट जारी पत्रअनुसार सबै शिक्षा विकास तथा समन्वय एकाइलाई आवश्यक विवरण फागुन २५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ।

केन्द्रको फागुन १० गतेको निर्णयअनुसार बजेट तयारीका लागि आवश्यक विवरण Soft Copy (Excel Sheet) र प्रमाणित Hard Copy दुवै रूपमा अनिवार्य पठाउन भनिएको छ। विवरण [email protected] इमेलमार्फत पठाउनुपर्ने उल्लेख छ।

पत्रमा बजेट उपशीर्षक, खर्च शीर्षक, क्रियाकलाप, भौतिक इकाइ, लक्ष्य, लागत, रकम (रु. हजारमा) र कार्यान्वयन हुने त्रैमासिक विवरण (पहिलो, दोस्रो, तेस्रो र चौथो) स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ।

यसअन्तर्गत द्वन्द्व पीडित छात्रवृत्ति, सहिदका छोराछोरीका लागि छात्रवृत्ति, कार्यालय भवन निर्माण (क्रमागत आयोजना), स्वीकृत दरबन्दीबाट स्थायी पद रिक्त भई सेवा करार गर्नुपर्ने पदहरू (कार्यालय सहयोगी र हलुका सवारी चालक) सम्बन्धी विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

केन्द्रले पुनश्चः कार्यालय भवन निर्माण क्रमागत आयोजना भएमा लागत अनुमान, हालसम्मको भौतिक तथा वित्तीय प्रगति र आगामी वर्ष विनियोजन गर्नुपर्ने रकम स्पष्ट उल्लेख गर्न निर्देशन दिएको छ।

विशेष निर्माण वा मर्मत आवश्यक भए विस्तृत कार्यक्रम विवरण र प्रमाणित लागत अनुमानसहित कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १३ फागुन २०८२ ११:०१ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast