दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएन : अध्यक्ष ढकाल

हिमाल प्रेस १८ माघ २०८२ १५:०९ | Sunday, February 1, 2026
12
SHARES
दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएन : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महास‌ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरूमा आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएको बताए।

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालको भनाइ छ।

‘दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्’, उनले भने।

निजी क्षेत्रले राज्यमा पुर्‍याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले बताए।

प्रकाशित: १८ माघ २०८२ १५:०९ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast