ईसीडी शिक्षकलाई मतदाता शिक्षा स्वयंसेवक तोकी कार्यक्षेत्रमा पठाउन थालियो (पत्रसहित)

हिमाल प्रेस ३ फागुन २०८२ १०:४४ | Sunday, February 15, 2026
452
SHARES
ईसीडी शिक्षकलाई मतदाता शिक्षा स्वयंसेवक तोकी कार्यक्षेत्रमा पठाउन थालियो (पत्रसहित)

काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागिप्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई स्वयंसेवक तोकिएको छ।

प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेश, विराटनगरले सुन्दरहरैंचा नगरपालिका वडा नं.१० का लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो।

कार्यालयले जारी गरेको पत्रअनुसार सुन्दरहरैंचा-१० मा मतदाता शिक्षा स्वयंसेवकको रूपमा दिव्य कुमारी शर्मालाई तोकिएको छ।

आयोगले स्वीकृत गरेको मतदाता शिक्षा स्वयंसेवक परिचालन कार्यक्रम बमोजिम उनले आफ्नो कार्यक्षेत्रभित्र स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचनको मान्यताअनुसार अन्तरक्रियात्मक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछिन्।

स्वयंसेवकको कार्य सम्पादनसम्बन्धी जवाफदेहिता निर्वाचन आयोगप्रति रहने जनाइएको छ। उक्त जानकारी प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालद्वारा हस्ताक्षरित पत्रमार्फत सार्वजनिक गरिएको हो।

पत्रको बोधार्थ सुन्दरहरैंचा नगरपालिका, मोरङ तथा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँलाई दिइएको छ।

आयोगले देशभरका ईसीडी शिक्षकलाई मतदाता शिक्षा स्वयंसेवकको रूपमा परिचालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

प्रकाशित: ३ फागुन २०८२ १०:४४ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast