हाजिर जमानीमा छुटे दुर्गा प्रसाई

हिमाल प्रेस २६ माघ २०८२ ६:३८ | Monday, February 9, 2026
22
SHARES
हाजिर जमानीमा छुटे दुर्गा प्रसाई दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई हाजिर जमानीमा छुटेका छन्।

आइतबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईलाई हाजिर जमानीमा छाडेको साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।

साइबर ब्युरोमा निर्वाचन आयोगको उजुरी परेपछि प्रसाईलाई शुक्रबार पक्राउ गरिएको थियो।

उनीमाथि निर्वाचन बिथोल्ने प्रयास गरी आचारसंहिताको उल्लंघन गरेको र विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत अनुसन्धान गर्न पक्राउ गरेको थियो। आइतबार म्याद थपका लागि सरकारी वकिल लग्दा हाजिर जमानीमा छाडिएको हो।

 

प्रकाशित: २६ माघ २०८२ ६:३८ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast