‘कसैलाई गाली नगर्नू, अरूले गरे प्रतिवाद नगर्नू’

हिमाल प्रेस २३ माघ २०८२ १६:०८ | Friday, February 6, 2026
6
SHARES
‘कसैलाई गाली नगर्नू, अरूले गरे प्रतिवाद नगर्नू’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरेका छन्।

शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन्।

सो क्रममा लामिछानेले अबको लडाईं भनेको दलको नेता उम्मेदवारसँग नभई गरिवी, अशिक्षा, बेरोजगारीलगायत देशका विभिन्न समस्यासँग भएको बताए।

चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिवाद नगर्न उनले अनुरोध गरेका छन्। उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको बताए।

सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे।

प्रकाशित: २३ माघ २०८२ १६:०८ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast