सय डलरमा खरिद गरिएको ‘डोमेन’ सात करोड डलरमा बिक्री

हिमाल प्रेस १ फागुन २०८२ १६:३५ | Friday, February 13, 2026
14
SHARES
सय डलरमा खरिद गरिएको ‘डोमेन’ सात करोड डलरमा बिक्री

काठमाडौँ- मलेसियाका टेक उद्यमी अर्सियान इस्माइलले १० वर्षको उमेरमा सन् १९९३ मा एआई डटकम नाम भएको डोमेल करिब सय डलरमा खरिद गरेका थिए।

अहिले यो डोमेल सात करोड डलर (करिब ९ अर्ब ४५ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

यो डोमेल क्रिप्टो डटकमका सीईओ क्रिस मार्सजेलकले खरिद गरेका हुन्। यसलाई इन्टरनेटको इतिहासमा सबैभन्दा ठूलो सम्झौता मानिएको छ।

अर्सियान इस्माइलले आफ्नो नामको सुरुवाती दुई अक्षर ‘एआई’ भएकोले यो डोमेन खरिद गरेको बताइएको छ। त्यो समयमा यो एउटा दुर्लभ वेब एड्रेस थियो। तर, एआईले ग्लोबल प्रविधि उद्योगलाई नयाँ रूप दिएपछि यो डोमेन किन्न अर्सियानका लागि उनको जीवनको महत्वपूर्ण निर्णय साबित भएको छ।

सञ्चारमाध्यमहरूका अनुसार इस्माइलले सन् २०२५ मै एआई डटकम सात करोड डलरमा बिक्री गरेका थिए। तर, ‘सुपर बाउनल एलएक्स’ का क्रममा एक व्यावसायिक विज्ञानमा यो डोमेन देखिएपछि चर्चा पाएको हो।

यो डोमेन खरिद गर्दा यसको भुक्तानी पूर्णरूपमा क्रिप्टो करेन्सीमा गरिएको जनाइएको छ। यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो डोमेन बिक्री भएको बताइएको छ।

प्रकाशित: १ फागुन २०८२ १६:३५ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast